परिचय

समुद्र सतह १६५० मी.(जिल्ला सदरमुकाम) देखी ७२४६ मी. सम्मको उचाईमा अवस्थित १६६३ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको समशितोष्ण तथा शितोष्ण हावापानी रहेको १८०० देखी २६०० मि.मि. सम्म वार्षिक वर्षा हुने सिस्ने हिमालको काखमा अवस्थित हिमाली जिल्ला रुकमणी देवीको नाममा नामाकरण गरिएको रुकुम (पूर्ब) लुम्विनी प्रदेशको प्रशासनिक संरचनामा रहने गरी वि.सं. २०७७ मा एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको स्थापना भएको हो ।

कृषि उत्पादनको दृष्टीकोणले घोषित प्राङ्गारिक जिल्लामा भैरहेको विभिन्न किसिमका कृषिजन्य उत्पादहरु जस्तै धान, गहुँ, मकै, कोदो, जौ, उवा, फापर, आलु, लसुन, अदुवा, गोलभेडा, काउली, बन्दा, सिमी, काँक्रा, सुन्तला, कागती, स्याँउ, आरुबखडा, ओखर, माहुरी, भेडा, बाख्रा, कुखुरा, भैंसी आदि को व्यवसायिकरण, आधुनिकिकरण तथा औधोगिकीकरण गर्न सम्बन्धित सबै सरोकारवाला निकायहरु संग सहकार्य, सहयोग र समन्वयको अपेक्षा राख्दै अन्नदाता कृषकहरुको आवश्यकता एवं चाहना अनुसार सेवा प्रबाह गर्न एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय अहोरात्र अग्रसर छ ।